Gold

काठमाडौंको टुँडिखेलमा यसरि मनाईयो प्रजातन्त्र दिवस

Naumule Migrate

फागुन ७  काठमान्डौ – प्रजातन्त्र दिवसको अवसरमा आज काठमाडौंको टुँडिखेलमा विशेष समारोह गरिएको छ । १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएको अवसरमा हरेक वर्ष फागुन ७ गते नेपालमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

बि.स. २००७ साल फागुन ७ गतेका दिन राणा शासनको अन्त्य भएको थियो ।शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिकमञ्‍च टुँडिखेलमा विशेष समारोह आयोजना गरेर प्रजातन्त्र दिवस मनाईएको हो।

आयोजित कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति मन्त्रीलगायत उच्च पदस्थ सरकारी अधिकारीको उपस्थिति थियो। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले विभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए।

# प्रजातन्त्र दिवस २०७८

Naumule Badhipahiro