Gold

ई सेवामा बोनस रकम दिन्छ भन्दै सात लाख ठग्ने दुई जना प,क्राउ

Naumule Migrate

फागुन ९,काठमान्डौ– ई–सेवामा बोनस रकम प्राप्त हुन्छ भन्दै ठगी गर्ने दुई जना आईतवार प,क्राउ परेका छन।

ई–सेवामा ५० हजार जम्मा गरेमा दुई हजार पाँच सय रुपैयाँ बोनस पाइन्छ भन्दै रकम जम्मा गर्न लगाएर ठग्ने रौतहटको माधवनारायण नगरपालिका–२ का शुभम साह र बाराको गढिमाई नगरपालिका–१० का सर्फराज आलमलाई प,क्राउ गरिएको महानगरीय अपराध माहाशाखाले जनाएको छ।

प,क्राउ परेका साह र आलमले विभिन्न व्यक्तिलाई ई–सेवामा पैसा हाल्न लगाई सात लाख २७ हजार रुपैयाँ ठगी गरेको खुलेको छ । प,क्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डाै पठाइएको महाशाखाले जनाएको छ ।

Naumule Badhipahiro