राष्ट्रघाती एमसिसीविरुद्द छ पार्टी र दुई मोर्चाको खुल्लामञ्चमा भोलि विशाल प्रदर्शन
काठमान्डौ – राष्ट्रघाती एमसिसीविरुद्द छ कम्युनिष्ट पार्टी र दुई मोर्चाले भोलि २० गते शुक्रवार काठमाण्डौको खुल्लामन्चमा कार्यक्रम आयोजना गर्ने भएको छ। आयोजित कार्यक्रममा नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव लगायतका नेताहरूले सम्बोधन गर्ने भएका छन।
साथै सम्पूर्ण देशभक्त जनसमुदायहरू र पार्टीमा रहेका राष्ट्रवादी, देशभक्त र स्वाधिनताका पक्षधरहरु एकीकृत र धुर्विकृत हुन समेत छ पार्टी र दुई मोर्चाले आग्रह गरेका छन।
विप्लव नेतृत्वको नेकपाले अमेरिकी सहयोग परियोजना एमसीसी ‘राष्ट्रघाती’ भएको निष्कर्षसहित विरोध गरिरहेको छ।
गत १५ गते सरकारले संसदबाट एमसीसी अनुमोदन गरेको छ। जस्कोविरुद्ध देशभरमा आन्दोलन समेत भैइरहेको छ भने नेकपा माओवादी केन्द्र र एकिकृत समजावादी पार्टीका नेताहरुमा मन मुटाक बढेको छ।