Gold

चौरजाहारी नगरपालिका वडान ३ मा सहिदहरुको सम्झनामा सहिद स्मृति भवन निर्माण

Naumule Migrate

फागुन २१ रुकुम पश्चिम – कर्णाली प्रदेश रुकुम पश्चिम चौरजाहारी नगरपालिका वडा नम्बर ३ मा जनयुद्धमा सहिद भएकाहरुको सम्झनामा नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्रले सहिदहरुको लागि सहिद स्मृति भवन निर्माण गरेको छ। चौरहाजारी नगरपालिकाले नगरपालिका भित्रका सहिदहरुको सम्झनाको लागी यो तीन तले पक्की भवन बनाएको नेपाल कम्युनिस्ट पार्टीका नगर प्रमुख बिशाल शर्माले जनाए।

यस्तै चौरजाहारी नगरपालिकाले चौरजाहारी नगरपालिकालाई रुकुम जिल्लाकै नमूना नगरपालिका बनाउने लक्ष्य रहेको र आफ्नो कार्यकालमा थुप्रै विकासका अनगिन्ती कामहरु भएको बताएको छ। चौरजाहारी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले थुप्रै जान विश्वासका कामहरु गर्दै आईरहेको छ।

माओवादी केन्द्र सदैव जनताकै हितमा काम गर्दै आएको नगरप्रमुख विशाल शर्माले बताए। त्यस्तै उनले आफूलाई जनताले विश्वास गरेर यो पदमा पुर्याएको हुँदा जनविरोधी काम कहिले नगर्ने समेत बताए। हरेक जनतालाई खुसी पारेर मात्र आफ्नो कार्यकालबाट बिदा हुने र फेरिपनी जनताले आफुलाई अब हुने निर्वाचनमा नगरपालिकाको प्रमुख बन्ने दाबी शर्माले गरेका छन । सहिद स्मृति भवन नगर प्रमुख बिशाल शर्माले रातो रिभन काटेर उदघाट्न गरेका छन्।

 

 

Naumule Badhipahiro