surkhet

माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध रिटको सुनुवाई २० चैतमा हुने

surkhet

काठमाडौं,- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटको सुनुवाई आगामी चैत २० गते हुने भएको छ ।

Gorkha

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण सुनुवाइका लागि चैत २० गतेको मिति तोकेको हो ।

पार्टीभित्र विवाद बढ्दै गएपछि नेकपा एमालेले माधवकुमार नेपालसहित १४ जनालाई सांसदबाट निष्कासन गरेको थियो।
तर सभामुख अग्निप्रसाद सापकोटाले कारबाहीको सूचना टाँस नगरेको र निर्वाचन आयोगले पनि एमालेले हटाएका सांसदलाई मान्यता दिएर नयाँ दल दर्ता गरेको भन्दै उसले सर्वोच्चमा मुद्दा दिएको थियो । यहीँ बिषयलाई लिएर नेकपा एमालेले लगातार संसद अवरुद्ध गर्दै आईरहेको छ।

salyan