रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बिद्युत सेवा अबरुद्ध हुने

चैत २ ,रुकुम पश्चिम- कर्णाली प्रदेश रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आज बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म बिद्युत सेवा अबरुद्ध हुने भएको छ ।नगरपालिकाको वडा नम्बर १ को नाखिरादेखी वडा नम्बर २ को त्रिवेणि सम्मको बाटोमा परेका पोलहरुलाइ व्यवस्थापन गर्ने भएकोले हुँदा लाईन अबरुद्ध हुने भएको हो।

बाटोमा अव्यवस्थित बिद्युतका पोलहरुलाइ व्यवस्थित बनाउनको लागि आज बिहान ८ बजेदेखी बेलुका ६ बजेसम्म चौरजहारी नगरपालिकामा बिधुत सेवा अबरुद्ध हुने नेपाल बिधुत प्राधिकरण चौरजहारी बितरण केन्द्रले जानकारी जनाएको छ।

त्यस्तै नेपाल बिधुत प्राधिकरण चौरजहारीले बिधुत महशुल नबुझाएका बिधुत सेवा ग्राहकहरुको बिद्युत प्रशारण लाइन काटिदिने चेतावनीसमेत सेवाग्राहीलाई दिईएको छ।

बिधुत महशुल तिर्न बाकी बक्यौता रहेका सरकारी कार्यालय देखि सामान्य ग्राहक सम्मका कुनै पनि ग्राहकहरुले दुई ३ महिना देखि महशुल नतिरेकोले बिद्युत प्रशारण लाईन काटिदिने भएको हुँदा बिद्युत महशुल बुझाउन विद्युत कार्यलयले अपिल गरेको छ ।

प्रायजसो नगरपालिका भित्र रहेका सरकारी कार्यलयले बिगत ३ महिनादेखि बिद्युतको महशुल नतिरेको र भोलीदेखि नै बिद्युत प्रशारण लाइन काट्ने अभियान शुरु गर्ने नेपाल बिधुत प्राधिकरण युनिट कार्यालयका चौरजहारीका प्रमुख दल बहादुर घर्ति मगरले जनाएका छन ।