होलि खेल्ने क्रममा घरबाट खसेर किशोरी गम्भीर घाईते

चैत ३,काठमाडौं –  होली खेल्ने क्रममा गोकर्णेश्वरमा एक किशोरि गम्भीर घाईते भएकि छिन।

नगरपालिका ७ दक्षिणढोकास्थित दुईतले घरबाट खसेर गम्भीर घाइते भएकी किशोरीलाई दिर्घायु हस्पिटलमा रिफर गरिएको छ ।

कक्षा ११ मा अध्ययनरत सिन्धुपाल्चोककी विनिता चौलागाईंलाई नेपाल मेडिकल कलेजबाट दिर्घायु हस्पिटलमा रिफर गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।

घाइते भएलगत्तै उद्धार गरेर उनलाई उपचारका लागि नेपाल मेडिकल कलेज लगिएको थियो । मेडिकल कलेजमा उपचार गर्न असहज भएपछि उनलाई रिफर गरिएको प्रहरीले जनाएको छ ।