आज तराईमा होलि धुम धामले मनाईदै
चैत्व४,काठमान्डौ – आज तराईमा धुम धामले होलि मनाईदै छ।वसन्त ऋतुको आगमनको उल्लाससँगै मनाइने यो पर्वमा एक आपसमा रङ र अबिर लगाउने र शुभकामना आदान प्रदान गरेर होलि मनाउने गरिन्छ ।
होलीको अवसरमा तराईका जिल्लामा जोगिरा समेत गाउने चलन छ । तराईका जिल्लामा आज सार्वजनिक बिदा ।यस्तै जनकपुरधाममा भने भोलि होली मनाइने भएको छ ।
मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर्गृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट होली मनाउने परम्परा रहेकाले त्यहाँ भोलि होली मनाउन लागिएको हो।हिमाली पहाडी जिल्लाहरुमा हिजो नै होलि मनाईएको छ ।