संजुमा रणवीरको पाँच अवतार एकै दिनमा कमायो ३४ करोड ,,
असार १६ – बलिउडका विवादित अभिनेता सञ्जय दत्तको जीवनमा आधारित फिल्म सञ्जुले पहिलो दिन सुखद व्यापार गरेको छ । शुक्रबार फिल्मले विश्वव्यापी बजारमा ३४ करोडभन्दा बढि कमायो ।यो वर्ष भारतमा रिलिज भएका चलचित्रहरुमध्ये पहिलो दिनको सर्वाधिक कमाई सञ्जुले गरेको हो । यसअघि रेस ३ ले पहिलो दिन २९ करोड कमाएको थियो भने ३ दिनमा सय करोडको विजनेस गरेको थियो । सञ्जुले पनि ३ दिनमा सय करोड घटाउने आशा गरिएको छ ।रणवीरको कुनै पनि फिल्मले यसअघि पहिलो दिन ३० करोडमाथिको व्यापार गरेका थिएनन् । यो फिल्म सफल भएमा सबैभन्दा बढि फाइदा उनैलाई हुनेछ । चलचित्रमा रणवीर पाँच अवतारमा देखियका छन् ।