डा. गोबिन्द केसी जुम्लाबाट पक्राउ ,,

असार,१६ ,जुम्ला – डा. गोविन्द केसी पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले शनिबार दिउँसो डा. केसीलाई पक्राउ गरेको हो । केसी आमरण अनसन बस्न जुम्ला पुगेका थिय चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक ल्याउनु पर्ने लगायतका राख्दै डा. केसीले १५ असारदेखि आमरण अनसन बस्ने बताएका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न भन्दै उनी जुम्ला पुगेका थिए । तर, स्थानीय प्रशासनले शुक्रबार मात्र प्रतिष्ठान र असपासका २०० मिटर निषेधित क्षेत्र घोषणा गरेको छ ।डा. केसीले भने प्रतिष्ठानमै अनसन बस्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।

 

केसीले जुम्लामा पुगेर प्रहरीले दमन गरे पछि प्रधानमन्त्रि ओली विरुद्द नारा नाजी गरेका छन् ।केसीले हिरासत भित्रै अनसन बस्ने चेतावनी दियका छन् ।, सयौको संख्यामा युवाले केसीलाई साथ् दियका छन् ।गोबिन्द केसीले भनेका छन् ओली ज्यु मेरो मुख थुन्न सक्नुनु हुन्न। डा. केसीको आन्दोलनमा हाम्रो पूर्ण समर्थन छ। ओली सरकारको दमन बन्द गर। प्रतिष्ठानमा एमबीबीएस पढाई सुरु गर। डा. केसीमाथिको दमन कर्णालीमाथि हो ? निरंकुश ओली सरकार, नागरिक स्वतन्त्रता खोई ?’ जस्ता नारा प्रदर्शनकारीले लगाएका छन्।