केपि ओलि मध्यरातमा राजावादीसंग मिलेर खतरनाक योजना बनाउने गरेका छन : नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी शक्तिहरूसँग भेटेर खतरनाक योजना बनाउने गरेको बताए।
सोमबार काठमाडौंमा युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एमाले)का अध्यक्ष ओली राजावादी शक्तिहरूसँग मध्यरातमा अज्ञात ठाउँमा बसेर खतरनाक योजनाहरू बनाउने गरेको सूचना बाहिरीएको बताए ।
अहिले ओली मध्यरातमा राजावादीहरुसंग गोप्य रुपमा भेटघाट गर्ने गरेको र खतरनाक योजना बनाउने गरेको बताएका छन उनले भने ।

हुनत पहिले पनि विदेशी जासुसी संस्थाका प्रमुखसँग मध्यरातमा बालुवाटारमै प्रधानमन्त्रीको निवासमा एक्लै भेटघाट गरेको, गोप्य भेटघाट गरेको र कुटनीतिक हिसाबले नसुहाउँदो भेटघाट गरेको कुरा त सार्वजनिक भइसकेकै छ नेपालले भने ।
अध्यक्ष नेपालले ओली विगतदेखि नै गणतन्त्रको पक्षमा नभएको भन्दै तत्कालिन एमालेमा आफ्नो पक्षमा रहेका ‘दश भाइ’ नेताहरूकै सहारा र सहयोगमा ओलीविरुद्धमा लागेको भए पनि आफूले उनीहरूबाट धोका पाएको बताए।

अध्यक्ष नेपालले तत्कालिन समयमा आफू ओलीका विरुद्धमा चट्टानी अडानका साथ उभिएको समेत बताए ।
उनले भने दश भाइको सहारामै म अगाडी बढेको थिएँ र सहयोग पनि गरेका हुन्, चुनौती दिने बेलामा पनि साथ दिएकै पनि हुन्।
तर ऐन, मौकामा धोका दिने स्थिति बन्यो, एक्लो म रहनुपर्ने स्थिति बन्यो, सतिसाल झैँ देढताका साथ उभिएको, चट्टानी अडानका साथ उभिएकै हो । अहिले ओलीसँग विद्रोह गर्न नसकेकाहरु एमालेमा निरीह भएर बसेको समेत अध्यक्ष नेपालले टिप्पणी गरे।
उनीहरूलाई कमिटीमा एक शब्द पनि बोल्न नदिइएको, छलफल र परामर्शमा भाग लिन नदिएको भन्दै आफूहरू त्यसैगरी बेइज्जत नहुनका लागि एमाले छाडेको बताए ।
यस्तै एमालेले गुण्डा जमात तयार पारेकाले त्यहाँ फरक मत राख्नेलाई हातपात पनि हुनसक्ने समेत नेपालले बताए ।अध्यक्ष नेपालले समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा पार्टी उभिएमा वामदेव गौतमपनि समाजवादीमा आउन चाहेको बताए ।
केपी ओलीले प्रत्यक्ष निर्वाचित कार्यकारी भएर पाँच वर्ष पार्टी चलाउन पाए हाम्रो हड्डी जाँतोमा पिसेर सिध्याइदिने भन्दै त्यसो गर्न नसकिने जवाफ दिएकोले अलग भएको नेपालले बताए । यस्तै नेता नेपालले आफ्ना नेता कार्यकर्ताले स्थानीय चुनावमा केन्द्रित हुन पनि आग्रह गरे।
