हो मेरो नाम नै सुर्जेकुमारी हो, अरुलाई बाल मतलब : नायिका करिश्मा मानन्धर

काठमाडौं – अभिनेत्री करिश्मा मानन्धले आफ्नो न्वानरको नाम नै सुर्जेकुमारी भएको हुँदा अरुलाई बाल मतलब नराख्न बताएकि छिन। साथै उनले यो नामले धेरैलाई पोलेको र भिटामिन डी प्राप्त भएको बताएकी छन् ।
केही समयअघि नेकपा एमाले प्रवेश गरेकी मानन्धर पोखरा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो न्वारनको नाम ‘सुर्जेकुमारी’ भएको बताएकी थिइन् । उनको यो भनाई पछि र नामलाई लिएर समाजिक संजालभरी आलोचना भैइरहेको छ।
उनले एमालेमा प्रवेश गर्दै भनेकी थिइन्, ‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो है । सूर्यले सोलार सिस्टमलाई धानेको छ । सूर्यले नेपाललाई धान्नेछ । लालसलाम ।उनको यो अभिव्यक्तिलाई धेरैले मजाक बनएपछि उनले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, ‘सूर्यकुमारी मेरो न्वारनको नाम थाहा पाउँदा धेरैलाई पोल्यो। भिटामिन डी प्राप्त भयो । राम्रो हो ।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्रा सुरू गरेकी अभिनेत्री मानन्धर अहिले एमालेमा प्रवेश गरेकी छिन।
