कर्णालीमा मिनीबस खस्यो एक जना वेपत्ता थप विवरण आउँन बाकी

चैत २०,सुर्खेत – कर्णाली नदीमा मिनीबस खस्दा १ जना बेपत्ता भएका छन् । कर्णाली नदिमा मिनिबस खस्दा सहचालक रास्काेट नगरपालिका १ का जीवन शाही बेपत्ता भएका हुन।

कालीकोटको नरहरिनाथ गाउँपालिका १ लालीघाट बजारबाट पलाँता गाउँपालिकाको थिर्पु जाँदै गरेको कर्णाली प्रदेश ००२ ख ०१६२ नम्बरको मिनिबस पचालझरना गाउँपालिका ८ काे कर्णाली नदीमा खसेकाे प्रहरी निरीक्षक भूपेन्द्र शाहीले जानकारी दिए।
यस्तै घटनामा चालक दैलेखकाे आठबीसकाेट नगरपालिका २ का कृष्ण शाही र पचालझरनाकै सलामी कार्की घाइते छन । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल मान्म ल्याइएको छ भने बेपत्ता सहचालकको खोजी भैइरहेको प्रहरीले जनाएको छ।
