७७ जिल्लामा स्थानीय तह निर्वाचनको तयारी पुरा

बैशाख २९

काठमान्डौ – भोलि हुने स्थानीय तहको निर्वाचनको तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भोलि हुने स्थानीय तहको निर्वाचन ७७ जिल्लाका स्थानीय पालिकामा पूरा भएको जनाएका हुन ।

बिहान ७ बजे देखि ५ बजे सम्म मतदान गर्न सकिने छ। यस्तै निर्वाचन आयोगले मतदाता शिक्षा जारी गरेको छ । मतदाता पररिचय पत्र लिन आउनेहरुलाइ कसरी मतदान गर्ने र मतपत्रको बारेमा आज पनि मतदाता शिक्षा जारी राखेको आयोगले जनाएको हो।

२०७४ सालको मतदान भन्दा भोलि हुने स्थानिय तहमा धेरै मत बदर हुने आयोगले जनाएको छ । आयोगले केही दिन अगाडि मात्र विभिन्न जिल्लामा गरेको नमुना मतदानलाई हेर्दा भोलि हुने स्थानीय तहको मतदानमा धेरै मत बदर हुने जनाएको हो।

मतदाता शिक्षा आज पनि जारी छ। त्यस्तै भोलि हुने स्थानीय चुनावमा बर्षा हुने मौसम पुर्वनामान महाशाखाले जनाएपछि त्यस्को सबै तयारि गरिएको आयोगले जनाएको छ।

मतदान स्थलभित्र कुनैपनी फोटो भोडियो खिच्न निशेध गरिएको आयोगले जनाएको छ भने अशक्त अपांग वृद्ध मतदाताहरुको लागि परिवार भित्रको एक जनालाई मतदान गर्न मिल्ने गरि मिलाईएको आयोगले जनाएको छ।

मतदाताले मदिरा सेवन गरि मतदान केन्द्रमा प्रवेश गरे त्यस्तो अवस्थामा मतदान गर्न नदिईने निर्वाचन आयोगले जनाएको छ मतदाता परिचय पत्र हराएका वा नभएकाहरुले नागरिकताको आधारमा मतदान गर्न सकिने आयोगले जनाएको छ। देश भरका स्थानीय तहमा २०७९ सालको स्थानीय चुनाव भोलि बैशाख ३० गते हुँदै छ।