काभ्रेको चौंरीदेउरालीमा मतपेटिका तोडफोड

बैशाख ३०

काठमान्डौ – काभ्रेको चौंरीदेउराली गाउँपालिका ,६ स्थित एक मतदान केन्द्रमा झडप भएको छ।एक जनाको भोट अर्को व्यक्तिले हालेको भन्दै गठबन्धनका कार्यकर्ताबीच सुरू भएको विवादले उग्र रूप लिँदा झडपको भएको बुझीएक छ।

झडपपछि भिडले मतपेटिका बाहिर ल्याएर तोडफोड समेत गरेका छन्। जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले विवादका क्रममा मतपेटिका बाहिर ल्याएर तोडफोड गरिएको जानकारी दिए। विवाद पछि मतदान रोकीएको छ। केहि समयमा सर्वदलिय बैठक बस्ने तयारी भईरहेको जोशीले बताए।