रौतहटको गढीमाईमा झडप मोटरसाइकलमा आगजनी
बैशाख ३०
रौतहट – रौतहटको गढीमाई नगरपालिका ३ लक्ष्मीपुरस्थित खरिदी प्रावि मतदान केन्द्रमा झडप हुँदा १५ जना घाईते भएका छन्। उम्मेदवारहरुका समर्थक बीच झडपमा बुझीएको छ।
यस्तै गढीमाई नगरपालिका-६ सिंगारवनमा नेकपा समाजवादीका वडाध्यक्षका उम्मेदवार रामविनोद यादवको मोटरसाइकलमा आगजनी भएको ।
त्यस्तै रौतहटकै फतुवा विजयपुर, मौलापुर, गुजरा लगायतका नगरपालिकाहरुमा पनि विवाद देखिएको प्रहरीले जनाएको छ ।