गोरखामा प्रहरीले गोलि हान्यो मतदानमा खटिएकि कर्मचारी घाईते

काठमान्डौ – गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित ताराखसे मतदान केन्द्र सिद्धकाली माविमा गोली चलेको छ। गोलि चल्दा मतदान केन्द्रमा खटिएका स्वयंसेवक मनिषा थापा घाइते भएकि छिन।

मतदान चलिरहेकै बेला कांग्रेस, माओवादी र एमालेका कार्यकर्ताबीच विवाद हुँदा बुथ संरक्षण गर्न र स्थिति नियन्त्रणमा लिन प्रहरीले गोलि चलाएको सपी केदार खनालले बताए। थापाको घुँडामुनि पिँडुलामा गोली लागेको छ भने अहिले उपचार भईरहेको छ।