Gold
Bangad salyan

अञ्जली अधिकारीले गरिन आहुती फ्लिममा डेब्यु

असार १३

Salyan

काठमान्डौ – लोकप्रिय मोडल अञ्जली अधिकारीले फ्लिममा डेब्यु गरेकी छिन। म्युजिक भिडिओ क्षेत्रकी लोकप्रिय मोडल अञ्जली अधिकारीले आहुती २ फिल्मबाट डेब्यु गरेकी हुन।

सयौं म्युजिक भिडिओमा काम गरेकी अञ्जलीले पहिलोपटक फिल्ममा काम गर्दा उत्साहित रहेको बताएकी छिन् ।

चलचित्रमा काम गर्ने इच्छा कसरी आयो ? को बाट प्रभावित हुनुभयो भन्ने प्रश्नमा उनि भन्छिन्, अब धेरै काम गरे १० वर्ष काम गरुला।

यतिन्जेल मेरो नृत्य सबैले मनपराउनुभयो । यसकारण अब भने म भित्र भएको अभिनय कला देखाउनुपर्छ भनेर सिनेमा रोजे।

म भित्र भएको अभिनयको भोक मेट्न राम्रो अवसर पनि पाए। लोकगित संगीतमा एक छत्र राज गरेकी अञ्जलीको चलचित्र यात्रा कति फलदायी रहन्छ त्यो भने हेर्न बाकि नै छ।