गोरखामा मतदान केन्द्रको बेला गोलि लागि घाईते थापालाई भेट्न पुगे नारायणकाजी श्रेष्ठ
गोरखा – स्थानीय तह निर्वाचनअन्तर्गत ३० गते गोलि लागे घाईते भएकि मनिषा थापाको स्वास्थ्य अवस्था बुझ्न नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ अस्पताल पुगेका छन्।
भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित ताराखसे मतदान केन्द्र (सिद्धकाली मावि)मा गोली लागी २२ वर्षीया मनिषा थापा घाईते भएकि थिइन्। मतदान केन्द्रमा खटिएका स्वयंसेवक थापाको घुँडामुनि पिँडुलामा गोली लागेको थियो।
मतदान चलिरहेकै बेला कांग्रेस, माओवादी र एमालेका कार्यकर्ताबीच विवाद हुँदा बुथ संरक्षण गर्न र स्थिति नियन्त्रणमा लिन प्रहरीले गोलि चलाएको थियो।