रोल्पा थवाङ गाउँपालिकामा कांग्रेस,एमाले,विप्लवको गठबन्धनलाई तोड्दै माओवादी विजयी

जेठ १ रोल्पा – रोल्पाको थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी भएको छ । थबाङ गाउँपलिका अध्यक्षमा ॠषिकेशव बुढा मगर र उपाध्यक्षमा सर्मिला बुढा मगरले भारि मतका साथ विजयी गरेका हुन्।

ऋषिकेशव बुढामगरले २१२२ प्राप्त गरेका हुन्। यस्तै उनका प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरले १५०६ मत प्राप्त गरेका छन्। यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी शर्मिला बुढामगर २ हजार १२२मत ल्याई विजयी भएकी छिन् ।

उनको निकटतम प्रतिस्पर्धी कांग्रेस–एमाले स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले १ हजार ४८७मत पाएका थिए । थवाङमा नेकपा माओवादी केन्द्र विरुद्ध कांग्रेस,एमाले,विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेका थिए । सो गाउँपालिकाको वडा नंं १, २, ३ र ५ मा नेकपा माओवादीले जितेको छ भने वडा नं. ४ मा भने नेकपा एमालेले जितेको छ।