पोखरामा समाजवादीका धनराज आचार्यको अग्रता उपमेयरमा कांग्रेस अगाडी

पोखरा – पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायम गरेका छन्। २८ हजार १६० मत गणना हुँदा आचार्यले ११ हजार ८१२ मत पाएका हु ।

यस्तै नेकपा एमालेका कृष्ण थापाले १००६२ मत पार्पट गरेका छन्। आचार्य थापाभन्दा १ हजार ७५२ मतले अगाडी छन्।यस्तै मेयर पदका राप्रपा उम्मेदवार शंकर प्रसाद खरलले १२७१, र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ६६९ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी उम्मेद्वार कोपिला रानाभाटले पनि एमाले उम्मेदवार मञ्जुदेवी गुरुङसँगको मतान्तर ६४७ पुर्‍याएकी छन् । रानाभाटले १२ हजार १३० र एमालेकी मञ्जुदेवी गुरुङले ११ हजार ४८३ मत पाएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रञ्जनाकुमारी सेन पौडेलले १०६९ मत पाएकी हुन् । पोखरामा नेकपा एकीकृत समाजवादीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सहयोग गरेको छ ।