सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ
जेठ ७ ,काठमाडौं – आठ वर्षअघि सान्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन् । कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको विषय सार्वजनिक भएसँगै माइतीघरमा बलात्कारविरुद्ध प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरूले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी उजुरी गर्ने हदम्याद हटाउनुपर्ने‚ बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूको निर्णय गर्न ‘फास्ट ट्र्याक’ अदालतको स्थापना गर्नुपर्नेलगायत माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले ‘बलात्कार पीडितलाई न्याय दे’‚ ‘दोषीलाई सजाय दे’ लगायत नारा लगाएका थिए । मुलुकी ऐनमा बलात्कारविरुद्ध उजुरी गर्न एकवर्षे हदम्याद तोकिएको छ । बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत पीडित युवतीले आफूमाथि भएको घटनाको विस्तृत खुलासा गरेसँगै उनको समर्थन र बलात्कारविरुद्धको प्रदर्शन भभईरहेको छ।