काठमान्डौमा कहाँबाट आयो भनायनक आँधी हुरी

काठमान्डौ – काठमान्डौमा ठूलो आँधी हुरि आएको छ ।केहि हप्तादेखि राजधानीमा एक्कासी हावा चल्ने र आँधी हुरि सहित ठूलो पानी पर्ने गरेको छ।

अपरझट आउने गरेको आँधी हुरिले विभिन्न स्थानमा क्षती समेत गर्ने गरेको छ भने बत्ती जाने गरेको छ। यस्तै यो बर्ष बैशाख महिना देखीनै बर्षा हुने गरेको छ।

असार साउनको बेला आउने पानी यो बर्ष बैशाख महिनाबाटनै आउने गरेपछी सबै अचम्मित बनेका छन भने कतिपयले भने बर्खा लागेको समेत बताउने गरेका छन।

त्यस्तै देशका विभिन्न जिल्लामा आँधी हुरि आउने गरेको स्थानीय बताउँछन । दिन भर्जस्तो चर्को गर्मी लाग्ने र साझ एक्कासि आधी तुफान सहितको बर्षा हुने गरेको उनिहरु बताए।