डोटीमा अझै दलित र गैरदलितको पानी खाने धारा छुट्टै

डोटी – डोटी जिल्ला को पूर्वीचौकी गाउँपालिका वडा नम्बर –२ कुडासैन गाउँमा दलित र गैर दलितका लागि छुट्टाछुट्टै धारा निर्माण गरिएको छन् ।

यो गाउँमा वर्षौं पहिलेदेखि दलित र गैर दलितका लागि छुटा छुट्टै धारा निर्माण गरिएको छ । उक्त गाउँको पानीको मुहानमा तीन पानीका धारा निर्माण गरिएको छ।

तीन धारामध्ये दुई धारामा कुडासैनका दलित समुदायका व्यक्तिले जान पाउँदैनन् । दलित समुदायका लागि छुट्टै एक धारा निर्माण गरिएको पाईएको हो।

lekbesi

कहिलेकाहीँ उक्त धारामा पानी नआउँदा भने दलितले टाढाबाट गैर दलित को धारा बाट पानी न आउँदा धारा नछुने गरी गाग्रीमा पानी माग्नुपर्ने बाध्यता रहेको धारा छुदा गाउँ निकाला गर्ने धम्की तरास जस्ता समस्या हुन सक्ने स्थानीय दलित बताउँछन ।

दलित र गैर दलितको खाने पानीको धारा फरक -फरक रहँदा अहिलेको २१ सौ सदापतीमा पनि अन्याय पुर्ण कुरा रहेको दलितका अभिभावक बताउँछ ।

नेपालको कानून र संविधानले जातीय विभेदलाई कानुन दण्डनीय अपराध भनी सजायको व्यवस्थासमेत गरिसकेको छ।

यहाँका विकट गाउँमा उक्त कानून व्यावहारिक पक्ष फितलो हुँदा अहिले पनि सानो जात र ठूलो जातका आधारमा विभिन्न किसिमका विभेद हुँदै आएको स्थानीयवासी जोगी विष्टले बताए।

संविधानमा जातिय छुवाछूत अन्त्य भनिएपनी समाज भने कानुनको धजी उडाई रहेका छन भने अझै परिवर्तन हुन सकेका छैन्न।

जातीय विभेदका कारणले अहिले पनि देशको एउटा ठूलो समुदाय राज्यका विकास निर्माणका काममा समेत सहभागी हुन नपाएको सम विकास केन्द्रका अध्यक्ष अधिराज विसीले बताए।

राजनीतिक दल, नागरिक समाज र विभिन्न सङ्घसंस्थाले दलित र पछाडि पारिएका समुदायको हक हितका निम्ति विभिन्न कालखण्डमा ठूला आन्दोलन गरे पनि अहिलेसम्म जातीय विभेद उन्मूलन हुन नसकेको जातीयको आधारमा पक्ष विपक्ष गरेको विसी बताउँछन।