surkhet

गोरखा बारपाक सुलिकोट गाउँपालिकाकामा हाल सम्मकै बहुप्रतिक्षित बजेट विनियोजन

जेठ ११

surkhet

गोरखा – गोरखा बारपाक सुलिकोट गाउँपालिकाकामा हाल सम्मकै ठुलो बजेट विनियोजन भएको छ। नेकपा माओवादी केन्द्रका बरिस्ठ नेता पूर्व उपप्रधानमन्त्री नारायणकाजि श्रेष्ठको विशेष पहल समन्यव र गाउँपालीका अध्यक्ष बिष्णु भट्टको काठमाडौं दौड धुपले झन्डै दुई बर्षमा उक्त बजेट विनियोजन भएको हो।

बारपाकमा बहुप्रतिक्षित बृहत ढल निकासा तथा प्रसोधन आयोजनाको कुल लागत रकम रु ३४.५ करोडमा ठेक्का आह्वान गरिएपछि स्थानीय खुसि भएका छन्।

Gorkha

यस्तै उक्त बजेट विनियोजनमा खाने पानी केन्द्रीय कार्यालय पानी पोखरी बिभाग , अर्थमन्त्रालय र खाने पानी मन्त्रालयसंग फ्लोअप, वाईसीएल नेपालका केन्द्रीय सदस्य धिरज उपरकोटीको दैनिक खानेपानि तथा ढल ब्याबस्थापन बिभागको डिजी संग भेटघाट ताकेता र लमजुङ खाने पानी कार्यालय हाकिमसंग समन्वय र फ्लोअपमा रहेको छ।

Dailekh

पछिल्लो समय गोरखा बारपाकमा तिब्र रुपले विकास निर्माण भईरहेका छन्। गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले आफ्नै पालमा समृद्द बारपाक गोरखा बनाउने भिजनमा लागि परेका छन्।

केहि महिना अगाडी मात्र गोरखा बारपाक सुलिकोट गाँउपालिकाको भवन निर्माण भईसकेको छ। विकासको जनलहर ल्याउने गरेका बिष्णु भट्टलाई यस पटकको स्थानीय चुनावमा पनि जनताले भरि मतले विजयी गराएका छन्।

 

salyan