यार्सागुम्बा टिप्न गएकाहरुले फेला पारेका थिए दुर्घटनामा परेको जहाज
जेठ १६ काठमान्डौ – हिजो देखि वेपत्ता भएको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको यार्सागुम्बा संकलकहरुले फेला परेका थिए। स्थानीय यार्सागुम्बा संकलकहरुले दुर्घटनाग्रस्त जहाजको तस्वीर प्राप्त भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।
आइतबार नेपाली सेनालाई मानापाथी हिमालको फेदीमा पहिरो गइरहेको स्थानमा आगो लागिरहेको देखेको भन्दै स्थानीयले खबर गरेका थिए ।त्यसपछि सेनाको टोलि त्यसतर्फ केन्द्रित भएको थियो। तर हिजो सांझ सम्म जहाजको खोजि भएपनि जाहाज फेला पर्न सकेन।
यार्सा संकलनमा रहेका बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ७ का विशाल घर्ती मगरका अनुसार भने हिजो आईतबार यार्सा संकलनमा रहेकै बेला टाउको माथिबाट जहाज गएको र अवाज आएको थियो। तर एकछिन पछि ठुलो आवाज आयो र जहाज आउन छोड्यो।
आफूले साथीहरुसंग हजाज कतै ठोक्कियोकि भनेर कुरा गरेको पछ्ही केहि छिनमा तारा एयरको हाजार हराइरहेको भन्ने खबर आएको बताउछन । त्यसपछि उनि साथिसंग जहाजको खोजि गर्न थाले चौतर्फी बादल लागेको हुँदा कतै पनि देखिएन।
आज बिहान ५ बजेदेखि पुन: जहाजको खोजी सुरू गरिएको विशाल बताउँछन्।करिब एक घण्टा माथि डाँडामा साथीहरुसाङ्ग हिडेपछी तल तिर हेर्दा डिजेल गन्हायोको विशाल बताउछन। त्यसपछि त्यो स्थानमा पुग्दा जहाजका टुक्राहरू देखेँको र शवका टुक्रा छरिएका अवस्थामा देखेको उनले बताए।
लगतै उनले गाँउमा खबर गरेर प्रहरीलाई जहाज दुर्घटना भएको खबर गरिदिन आग्रह गारेको बताए। अहिले दुर्घटनाग्रस्त नजिकै हेलिकोप्टर अवातार्ण गरेको छ। हेलिकप्टरमा दुई जना प्रहरी र अर्का एक व्यक्ति आएर अनुसन्धान गर्दै गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।
जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए। जहाजमा २ जना जर्मन, चार जना भारतीय र १३ नेपाली यात्रु थिए।