प्रवक्ता जित बहादुर द्वारा निर्णय सार्वजनिक

गोरखा – बारपाक सुलिकोट गाउँ कार्यपालिकाको स्थानिय निर्वाचन २०७९ पछिको कार्यपालिकाको पहिलो बैठक हिजो जेठ १५ गते बसेको छ भने बैठकले महत्वपूर्ण निर्णय गरेको छ।

बैठकले नेपाल सरकारले आईतबार दिने भनेको सार्वाजानिक विदा फिर्ता गरेको छ भने शनिबारको विदालाई यथावत राखेको बारपाक सुलिकोट गाउँपालिकाका प्रवक्ता जित ब नेपाली (शुभप्रभात)ले रंग दर्पणलाई जनाए।

यस्तै बैठकले शुक्रवारको दिन ३ वजे सम्म कार्यलय सन्चालन गरिने जनाएको छ पालिकाको चार वाटा ठाउँ बाट स्वास्थ्य सेवा नियमित प्रदान गर्ने वडान ६ डाडाँगाउँ ७ न अमले ८ न: गैर्हिछाप ४ न: बद्री डाडाँबाट प्रतेक क्लिनिकमा एक जना स्वास्थ्य कर्मी नियमित खटाउने निर्णय गर्ने जनाएको छ। माथिका निर्णयहरू यहि हप्ताबाट लागू हुने समेत बैठकले जनाएको छ।

यस्तै पालिका भित्र हुने बिपत पिडीत, अपाङ्ग नागरिक , हरुलाई एम्वुलेन्स सेवा निसुल्क गरिने पनि बैठकले जनाएको हो भने बैठकले बारपाक सुलिकोट गाउँपालिका कार्यपालिकाबाट प्रवक्ताको जिम्वेवारि जित बहादुर नेपाली( शुभ प्रभात)लाई तोकेको छ।

बैठकले जेस्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बैँक सङ्ग समन्वय गरि प्रत्येक वडाबाट पायक पर्ने ठाउँबाट वितरण गर्ने जनाएको छ। गाँउपालिका अ‍ध्यक्ष बिष्णु भट्टले कार्यपालिकामा निर्वाचित छ जना सदस्यहरुलाई आजै गाँउपालिका सफत ग्रहण गराएका छन्।

निर्वाचित जन प्रतिनिधीहरुलाई सत्ता सञ्चालन सम्बन्धी दुई दिने् तालिम दिने, आर्थिक बर्ष २०७९/०८० को योजना छनौट गर्ने, पुराना बाँकी भयका योजनालाई निरन्तर दिने र जनताको आवस्यकत्ता अनुसार नयाँ योजना ल्याउने पनि बैठकले निर्णय गरेको छ।

यस्तै वडा न:६ ताकुकोटमा वडाको बैठक बसि निवर्तमान सदस्यहरुलाई बिदाई गरिएको छ भने वडा कार्यलयबाट प्रदान गरिने व्यक्तिग घटना दर्ता आजबाट लागुहुने गरि अनलाईन माध्य बाट सेवा प्रदान सुरु भयको छ।