Simta
Gurvakot
Gurvakot

लामो समय देखि कहिँ कतैमा दिलिप रायमाझी ,,

असार २१ – २५ गते बाट हलमा प्रदर्शन हुन लागेको चलचित्र कहिँ कतैमा नायक दिलिप रायामाझीको भूमिका सबैले लामो समयदेखि देख्न पाउने छन् ।नेपालि चलचित्रमा दिलिपलाई सबैले डान्स देखि उनले गरेको अभिनयलाई  मन पराउने गर्दछन। दिलिप लामो समयदेखि चलचित्रमा देखियका थियनन। श्रावण २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कहिँ कतै’को निर्माणपक्षले पनि गीत, ट्रेलरपछि पोष्टर रिलिज गरेको छ । पोष्टरमा चलचित्रका मुख्य कलाकार दीलिप रायमाझीको साथमा नव-कलाकारद्धय सिवानी गिरी र सोनम बरफुङ्गपलाई प्रमुख स्थान दिइएको छ । चलचित्रमा किशोर खतिवडा र उमा बेबीको पनि अभिनय हेर्न सकिन्छ । शिव ढकाल र बाबु श्रेष्ठको छायांकन, अर्जुन जीसीको सम्पादन, रोशन श्रेष्ठको एक्सन, सचिन सिंह र लक्की सिटौलाको संगीत चलचित्रमा छ । सविर श्रेष्ठले निर्देशन गरेको चलचित्रलाई उमा बेबीले निर्माण गरेकी हुन् ।