कालिखोलाको पहिरोले नारायणघाट मुग्लिन सडक एक तर्फी रुपमा संचालन

चितवन् – हिजो देखिको बर्षाले चितवनको इच्छाकामना गाउँपालिका-६ काली खोला नजिक गएको पहिरोले नारायणघाट मुग्लिन सडक एक तर्फी रुपमा भएको छ ।

आज छ बजे देखि सडक एकतर्फी रुपमा सुचारु भएको चितवन् प्रहरीले जनाएको छ। बर्षाले पहिरो जाने ढुङ्गा खस्ने रुख ढल्ने गरेका छन।

निरन्तर अहिले पनि बर्षा भैइरहेको हुँदा दोहोरो रुपमा सडक प्रयोग नगर्न प्रहरीले जनाएको छ। त्यस्तै हिजो देखि देश भरमा बर्षा भैइरहेको छ जस्ले गर्दा देशका मुख्य र सहायक नदिमा पानीको बहाव बढी रहेको छ।