सुर्खेत कपासे नजिक जल तथा मौसम विज्ञान कार्यालको गाडी दुर्घटना ईन्जिनियरको ज्यान गयो

असार ९

सुर्खेत – सुर्खेत दैलेख सडक खण्डको कपासे नजिक जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी दुर्घटना परेको छ ।
दुर्घटनामा परि रुकुम पश्चिमको चौरजहारी ३ का २८ बर्शिय  इन्जिनियर धर्मराज बुढोथोकीको ज्यान गएको छ।

बा झ ८७८४ नम्बरको जीप सडकबाट करिव २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी राम प्रसाद घर्तीले जानकारी दिएका छन ।ब्रेक फेल भएर गाडी दुर्घटना भएको पुर्व अनुमान प्रहरीको छ ।

अछाम र दैलेख सीमानामा पर्ने असराघाटस्थित कर्णाली नदीको वहाव मापन केन्द्रको अवस्था बुझेर फर्किदै गरेको उक्त गाडी दुर्घटना भएको हो।

दुर्घटनामा ज्यान गुमाएका बुढाथोकी जल तथा मौसम विज्ञान कार्यालयमा कार्यरत थिए । उनि गत जेठ २७ गतेका दिन लोक सेवा आयोगको कार्यालय सुर्खेतबाट जल विज्ञान सहायक पदमा सिफारिस भएका थिए ।