गायक मानसिङ् खड्का र गायिका सुनिता बुढाको दुल्लु दरबार गीतको चौतर्फी चर्चा

साउन १३ ,

काठमान्डौ – गायक मानसिङ् खड्का र गायिका सुनिता बुढाको दुल्लु दरबार गीतले बजारमा चर्चा कमाएको छ। यो गीतमा सुनिता बुढा र शेर बहदुर आचार्य गाईनेको स्वर रहेको छ भने सुनिता र मानसिङ्को अभिनय देख्न सकिन्छ।

गीतलाई शेर बहदुर आचार्य गाईनेले शब्द संगीत गरेका हुन्। गीतलाई दैलेख जिल्लाको प्रख्यात ठाँउ दुल्लु दरबारमा छायांकन गरिएको हो। मानसिङ् खड्काको निर्देशनमा रहेको गीतलाई महेश महराले खिचेका छन् भने राजकुमार मगरले सम्पादन गरेका हुन्।

प्रेम प्रेमिकाबीचको प्रेमको कथा घरबार हुननसकेको गीतले चित्रण गरेको छ। गायक मानसिङ् खड्का र गायिका सुनिता बुढा पछिल्लो समय लोक तथा दोहोरो क्षेत्रमा चर्चामा देखिन्छन।

lekbesi