जनता समाजवादी पार्टीको सङ्घीय परिषद् अध्यक्षबाट बाबुराम भट्टराई निस्कासित
पर्सा – जनता समाजवादी पार्टी (जसपा) को सङ्घीय परिषद् अध्यक्षबाट अध्यक्ष डा. बाबुराम भट्टराई निस्कासित भएका छन ।
उपेन्द्र यादव पक्षले सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित नाै जना नेतालाई पदमुक्त गरेकाे हो ।यस्तै बैठकले सङ्घीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ ।
वीरगञ्जमा बसेकाे बैठकले भट्टराईसहित कार्यकारिणी समितिका नाै जना नेतालाई पदमुक्त गरेको हाे । बैठकले भट्टराईसहित कार्यकारिणी सदस्यहरू गङ्गानारायण श्रेष्ठ, दुर्गा शाेव, दानबहादुर चाैधरी, प्रशान्त सिंह, महिन्द्र यादव, भक्तबहादुर साह, रमेश यादव र हिसिला यमीलाई पदमुक्त गरेकाे हाे ।