एआइजी विश्वराज पोखरेलले दिए राजीनामा

काठमाडौ – प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन्।

सोमबार प्रहरी प्रधान कार्यालयमा पुगेर उनले राजीनामा दिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए।

उनको राजीनामा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले गृह मन्त्रालयमा पेस गर्नेछन्। त्यसपछि मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा लगेपछि राजीनामा स्वीकृत हुने छ ।

lekbesi

आफूभन्दा कनिष्ठ रहेका धिरजप्रताप सिंहलाई सरकारले प्रहरी महानिरीक्षक बनाएपछि उनलेे असन्तुष्टि जनाएका थिए। सरकारको सो निर्णयविरूद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले आफूलाई महानिरीक्षक नियुक्त गर्नुपर्ने माग राख्दै रिट दायर गरेका थिए।

रिट दायर गरेयता उनी प्रहरी प्रधान कार्यालयमा हाजिर भएका थिएनन्। उनले मागेको बिदा पनि स्वीकृत भएको थिएन।तर अदालतले गत शुक्रबार आइजिपीमा सिंहलाई नै निरन्तरता दिने निर्णय गरेको थियो। त्यसपछि एआइजी पोखरेलले राजीनामा दिएका हुन्।