surkhet

संसदीय छानबिन समितिले आज जनार्दन शर्मासँग छलफल गर्ने

surkhet

काठमाण्डाै- संसदीय छानबिन विशेष समितिले आज बिहीवार निर्वतमान अर्थमन्त्री जनार्दन शर्मासंग छलफल गर्ने भएको छ ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको हिजो बुधवार बसेको बैठकले सोधपुछका लागि शर्मालाई बोलाउने भएको हो ।

समितिका सचिव सुरेन्द्र अर्यालले छानबिनका लागि संसदले दिएको १० दिन समय नपुग्ने भन्दै म्याद थपको विषयमा छलफल भएको बताए।

Gorkha

अर्यालका अनुसार समितिले कति दिन म्याद थप गर्ने विषयमा छलफल नभएन पनि सभामुखलाई एक हप्ता म्याद थप गर्ने आग्रह गर्ने सङ्केत गरिएको बताए।

Dailekh

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई छानबिनका लागि दिएको १० दिनको समय भोलि सकिदै छ ।
हिजोको बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको बताए ।

 

salyan