एमालेकी नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने

असोज २२

काठमान्डौ – नेकपा एमालेकी नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने बताएकि छिन्।उनले आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन।

‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहने छु ।जनता भगवान हुन जनता नै सर्वपरि हुन देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउदैछु हजुरहरुको साथ चाहिएको छ,’ चौधरीले भनेकी छिन्।फाईल तस्वीर

चौधरीले दाङ १ बाट स्वतन्त्र उम्मेदवार दिने बताइन् । हामीजस्तो कार्यकर्तालाई पार्टीले मुल्याकंन नगरेपछि यो निर्णय गरेको हुँ,’ चौधरीले भनेकी छिन।

‘बाहिरबाट ल्याएर उम्मेदवार ल्यायो भने कसलाई स्वीकार्य हुन्छ र ?’उनी नेकपा एमालेबाट ०७४ को प्रतिनिसभामा समानुपातिकतर्फ सांसद बनेकी थिइन्।

यस्तै एमालेले पूर्व उपाध्यक्ष भीम रावल पूर्व उपमहासचिव घनश्याम भुसाल लगायतका नेताहरुलाई पनि टिकट दिएको छैन ।