तीन पटक चुनाव जितेको मान्छे अहिले झनै जित्न सजिलो छ तर म उमेदवार दिन्न : सभामुख सापकोटा

काठमान्डौ – सभामुख अग्नि प्रसाद सापकोटाले यो पटक चुनाव नलड्ने बताएका छन।
उनले तीन पटक चुनाव जितिसकेको र यो पटक पनि चुनाव जित्ने पक्का भएपनि आफू उमेदवार नबनेको बताए ।
मैले हार्छु कि भन्ने डरले होइन यो पटक त झनै गठबन्धनबाट चुनाव सजिलै जीत सुनिस्चित छ तर युवाहरुलाई पनि पालो दिनुपर्छ भनेर आफू उमेदवार नबनेको सापकोटाले रंग दर्पनलाई बताए ।
यस्तै उनले आफू लाई जिल्लाले १ न मा सिफारिस गरेको समेत सभामुख सापकोटाले बताए ।
युवाहरुलाई अगाडि ल्याउन कुनै न कुनै ले त त्याग गर्नु पर्छ उनले भने । मेरो विवेक र चेतनाले यहि निर्देश गरेको छ सापकोटाको भनाई छ ।फाईल फोटो
