पूर्व -पश्चिम र मधेश,पहाड घुम्दै चुनाव लड्ने नेपालको इतिहासमै पहिलो व्यक्ति भए :प्रचण्ड

गोरखा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोर्खा क्षेत्र न २ बाट आज उमेद्वारी दर्ता गराएका छन्। मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागी गोरखा,२ मा उम्मेदवारी दर्ता गराउन पुगेका उनलाई जनताले भव्य स्वागत गरेका हुन्।

उम्मेदवारी दर्ता गराउंदै प्रचण्डले पूर्व–पश्चिम र मधेश,पहाड घुम्दै चुनाव लड्ने आफू नेपालको इतिहासमै पहिलो व्यक्ति हुनसक्ने बताएका छन् ।

सबैभन्दा पहिले रोल्पाबाट चुनाव लडे, अनि काठमाण्डौबाट, त्यसपछि सिराहाबाट अनि आफ्नै गृहजिल्ला चितवनबाट, ‘यसरी देशको पूर्व पश्चिम मधेश पहाड घुम्दै चुनाव लड्ने नेपालको इतिहासमा सायद म नै पहिलो भएको छु भन्ने लागेको छ, अब गोरखा आएपछि नयाँ रेकर्ड बन्यो जस्तो लाग्छ उनले भने ।

lekbesi

गोरखा आफ्नो लागि चिरपरिचित ठाउँ भएकाले पनि गोरखामा चुनाव लड्न पाउँदा आफू निकै खुशी भएको प्रचण्डले बताए । युवावस्थामा आफूले अध्ययन गरेको जिल्ला समेत रहेको बताउदै उनले पार्टी हेडक्वार्टर गोरखामा राखेर जनयुद्धको सम्पूर्ण तयारी गरेको समेत उनले स्मरण गराए ।

त्यस्तै जनयुद्धको पहिलो सैनिक तालिम यही गोरखाको सिरानचोकमा भएको हो,। पछि हाम्रो पार्टीको तर्फबाट डा. बाबुराम भट्टराई चुनाव जितेर अर्थमन्त्री भएको जिल्ला, पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको घर, हरेक दृष्टिकोणले मेरा लागि गोरखा एउटा ऐतिहासिक जिल्ला हो, यहाँ आउँदा मलाइ कता आए भन्ने लागेको छैन ।गठबन्धनबाट निर्वाचनमा गएको बताउँदै उनले गोरखाबाट आर्थिक समृद्धिका लागी नयाँ रोडम्याप बनाउन सुरु गर्ने उनले  बताए ।