राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान

कार्तिक २१

काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेकी छन्। राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साँझ ६ बजे कतार एयरवेजको विमानबाट त्यसतर्फ प्रस्थान गरेकी हुन्।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’ कार्यक्रममा सहभागी हुन आइसल्याण्डतर्फ प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति भण्डारी कात्तिक २१ देखि २६ गतेसम्म आइसल्याण्डको भ्रमणमा रहनेछिन् भने कात्तिक २६ गते बिहान ७ :३० बजे स्वदेश फर्किने कार्यतालिका रहेको छ।

 

 

lekbesi