Gold

डोटीमा भुकम्पले घर भत्किदा ६ जनाको मृत्युु

Naumule Migrate

डोटि – डोटीमा केन्द्रविन्दु भएर गएराति गएको भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ​ । अरू पाँच जना घाइते भएका छन् ।

डोटी पुर्बिचौकी गाउँपालीका वडा नं ३ गैरागाउँमा आज राति आएको भुकम्प ले गर्दा ठुलो मानवीय क्षति भएको छ।

मृत्यु हुनेमा ५० बर्षाका प्रेम बोहरा , ४० बर्षाका भगवती बोहरा, बर्ष १३ कि सीता बोहरा ,८ बर्षाका हर्क बोहरा ,बर्ष १४ कि धन्सरी बोहरा,र  बर्ष १४ कि कीतुलछी बोहरा रहेका छन।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

मङ्गगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन्। भूककम्प पछि अहिले स्थानीयहरु रात भर बाहिर बसेका छन। कार्तिक २३

Naumule Badhipahiro