Gold

तीन दिन निराहार व्रत बस्छु : सागर ढकाल

मंसिर १

Naumule Migrate

डडेल्धुरा – डडेलधुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले तीन दिन निराहार व्रत बस्ने घोषणा गरेका छन्।

बिहीबार राति एक भिडिओ सन्देश जारी गर्दै उनले डडेल्धुराका‌ जनताका नाममा तीन दिन व्रत बस्ने घोषणा गरेका हुन्।

‘अब भोलिबाट सुरु गरेर तीन दिन व्रत बस्दैछु। भोलि र पर्सि मौनअवधि भयो। निकोपर्सि चुनावको दिन। यो तीन दिन हजुरहरूको नाममा  केही नखाएर व्रत बस्छु’, उनले भिडियो सन्देशमा भनेका छन्,‘केही लक्ष्यका साथ बोकै बस्नु भन्ने प्रण गरेको छु।

सागरले व्रत बस्नुमा धार्मिक र वैज्ञानिक कारण भएको उल्लेख गरेका छन्। डडेल्धुराका जनताहरूलाई मंसिर ४ गते राम्रोसँग मतदान गरिदिन आग्रह समेत उनले गरेका छन्।
गुल्मीका इन्जिनियर सागर प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न यहाँ आएका हुन्।

Naumule Badhipahiro