Gold
Bangad salyan

ईसेवाको म्यानेजर हु भन्दै ग्राहकको १६ लाख ठगी गर्ने किशोर पक्राउ

माघ १३

Salyan

काठमाडौँ – ईसेवा ( Esewa )कार्यालयको आधिकारिक कर्मचारी हुँ भन्दै लाखौँ ठगी गर्ने किशोर पक्राउ परेका छन् ।

उनले ३३ जनाबाट रु १६ लाख रुपैयाँ ठगी गरेको आरोपमा रौतहटको माधव नारायण नगरपालिका–२ का १९ वर्षीय शुभम साहलाई प्रहरीले पक्राउ गरेको हो ।

साहले ईसेवाको आधिकारिक कर्मचारी हुँ, ईसेवा आईडी बैंक खातासँग लिकंअप तथा खाता नवीकरण, केवाईसी अपडेट, स्टेटमेन्ट भेरिफाई, सेक्युअर ट्रान्सफर चार्ज नलाग्ने जस्ता विविध कार्यहरु गरी दिन्छु भन्दै ठगी गरेको खुलेको छ।

उनले विभिन्न बहाना बनाई विभिन्न मोबाइल नम्बरबाट झुक्याएर सेवाग्राहीहरुकै मोबाइल नम्बरमा ओटीपी (वानटाइम पासवर्ड) पठाई उक्त कोर्ड मागेर उनीहरूको वालेट आईडीमा अनधिकृत रूपमा पहुँच पुऱ्याएर विभिन्न बैंक खाता तथा वालेटहरुमा रकम ट्रान्सफरलगायत भुक्तानी गरेर सम्पर्कविहीन बन्ने गरेका थिए ।

प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार साहले सेवाग्राहीहरूलाई विभिन्न मोबाइल नम्बरका सिमकार्ड प्रयोग गरी म ईसेवा कार्यालयको म्यानेजर, तपाईंको खाता नवीकरण गर्नु छ, बैंकसँग लिंक गराइदिन्छु, बोनस आउँछ जस्ता भन्दै टेलिफोन गर्ने गरेका थिए ।

साहविरुद्ध विभिन्न मितिमा ३३ जना निवेदकहरूको १६ लाख १३ हजार २१ रुपैयाँ ठगी गरेको उजुरी परेको थियो ।
साहलाई पक्राउ गरी ठगी कसुरमा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा पठाइएको छ । उनको साथबाट एक थान बाइक, दुई थान मोबाइल, १० वटा सिमकार्ड, ३ वटा एटीएम कार्डलगायत बरामद गरिएको प्रहरीले जनाएको छ ।