रवि लामिछाने अब गृहमन्त्री हैन सांसद पनि बन्न नपाउने

काठमाण्डाै- रवि लामिछानेले नागरिकता प्राप्त गरेपनी उनको सांसद देखि उपप्रधान र गृहमन्त्रीको पद भने खारेज भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट पुनःउनले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बल्ल नेपाली नागरिक बनेका छन।

गत मंसिर ४ गते चितवन् क्षेत्र न २ बाट विजयी भएका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा सहभागी भएपछि उपप्रधान सहित गृहमन्त्री बनेका थिए ।

उनको नागरिकता अवैध रहेको भन्दै सर्वोच्च अदालतले ठहर गरेपछि रवि लामिछाने सम्पुर्ण पदिय जिम्मेवारबाट खारेज भएका हुन।

अवैध नागरिकताकै कारण उनको सांसद र मन्त्री पद खारेज भइसकेको छ । यस्तै चितवन् २ मा भने अबको ६ महिनामा उप निर्वाचन हुने छ। चुनावमा कुन पार्टीले जित्छ भन्ने भने अब उपनिर्वाचनलाई पर्खनु पर्ने छ।माघ १५