जनयुद्ध लडेका दुई कमाण्डर प्रचण्डको पहलमा जेलबाट रिहा ,प्रचण्ड द्वारा बधाई
काठमाडौ – हाल मकवानपुर भिम फेदी कारागारमा तिन वर्ष ६ महिना देखि जेल जिबन बिताएर छुटेका बिक्रम गुरुङ (बिद्रोही शक्ति )र बिग्रेड कमाण्डर तेस्रो डिभिजन कमाण्डर जनयुद्धका चर्चित लडाकु कमाण्डर बिजय केसी (बिकल्प) आठ बर्ष जेल जिबन बिताएर क.प्रचण्डको पहलमा रिहा भएका छन।
कमरेड बिद्रोही शक्ति ,बिक्रम गुरुङ त्यसबेलाको समय जनयुद्धमा तात्कालीन शाहीसेनाले जनतालाई गरेको अन्याय अत्याचारको बिरूद्ध शाही सेनाको ब्यारेक भित्रबाट बिद्रोह गरेर जन्ताको आमुल परिवर्तनको लागी भनेर M१६ राईफल ४५० राउण्ड गोली र ५ वटा म्याग्जीन सहित शाही सेनाको ब्यारेक मकवानपुर सुपारीटार ब्यारेकबाट बिद्रोहगरेर त्यसबेलाको-माओवादी सेना जनमुक्ति सेनामा आबद्ध भएर काम गर्दै आइरहेका थिए ।
जनमुक्ति सेनामा काम गर्दै सेक्सन कमाण्डर भयको र पछि सान्ती प्रकृयापश्चात शक्तिखोर चितवन तेस्रो डिभिजन क्याटनमेनबाट UNMIN बाट पहिलो प्रमाणिकरण भएपछी सेना समायोजनमा बिक्रम गुरुङ क्याटनमेन बाटनिस्किएर केही बर्ष वाईसीएल नेपाल काठमाडौंमा वाईसीएल क्याम्पमा रहेर काम गर्दै आएका हुन।
त्यस्तै बैदेशिक रोजगारको सिलसिलामा बिदेस बसेर आईसकेपछि काठमाडौं कलंकीमा एउटा सानो चिया पसल खोलेर कलंकीमा आफ्नो परिवार पाल्दै आएका थिए ।
२०७५ असारमा नेपाली सेनाले भगौडामा नाम राखेर खोज्दै जाँदा नेपाली सेनाको जासुसीबाट पत्ता लगाइ शैनिक प्रहरीबाट समाति शैनिक एन लगाएर कोट मार्सल गरेर शैनिक अदालतले दश वर्ष जेल सजाय तोकेको थियो ।
बिक्रम गुरुङलाई जेल चलान गरिएको अहिले तिन वर्ष ६ महिना भयको थियो । जेल जिबन बिताएर उनी अहिले छुटेका हुन।
शैनिक अदालतले दश वर्ष जेल सजाय तोकेको थियो। उनको एक छोरा र एक छोरी र श्रीमती अहिले कलन्कीमा चिया बेचेर बस्दै आएका थिए ।
विक्रम गुरुङका ७८ वर्षका बुवा र ७६ वर्षको आमा गाउँमा बस्दै आईरहेका छ्न। कान्छो छोरा जेल परेदेखी बा-आमा दुवै जना दैनिक जसो रोहिरहेन गरेको उनकि श्रामती बताउँछिन।
छोरालाई भेट्न मन छ तर टाढा छ गाडी लाग्छ गाडीमा जान सकिदैंन कसरी जानी भन्दै रूँदै बस्दै हुनुहुन्थ्यो । बा-आमा ,आर्मीको जागिर खाएको छोरो यतीजेल पेन्सन हुन्थ्यो। सान्ति सेना गयर एउटा घर बनाउथ्यो उता परिवर्तनको लागी जागीर छोडेर लाग्यो अहिले जेलमा बस्दा कति नमज्जा भाको छ हामी बुढा बुढी लाई मोर्नी बेलामा यस्तो पिडामा रूँदै बस्नु परो भन्दै बा-आमा रूँदै अहिले रोगी हुँदै जानु भयो भन्दै बिक्रमको श्रिमतीले रंग दर्पनलाई बताईन।
यस्तै अर्को नाम हो जनयुद्धका स्थापित नाम बिजय केसी क. (बिकल्प) ।बिग्रेड कमाण्डर जनयुद्धमा नपुगेको ठाउँ र नलडेको मोर्चा कमै होला ।
उनले १ सय ठाउँ भन्दा बढी होला तत्कालीन समयमा बिकलपको सेना वा बिकलपको टिम आयो भनेर सुचना शाही सेना र प्रहरीले थाहा पाउदा सातो जाने गरेको।
उनले भिडन्त गरेको ठाउँ उपस्थिति भयको लडाइँ हारेको कही रेकड छैन् ।अहिले पनी हातै भरी बमको छर्रा छ क.बिकलपको हातमा जनयुद्धपछि सान्ती प्रकृयामा आउनु बित्तिकै लालसलाम फिलिम पार्टीले बनाएको थियो।
त्यो फिलिमको नाएक पनी हो क.बिकलप उनलाई राजनीतिक प्रतिस्रोथ् राखेर झुटा मुद्दा लगायर १५ बर्ष जेल तोकिएको थियो। उनी आठ बर्ष जेल बसेर प्रधानमन्त्री प्रचण्डको पहलमा छुटेका छन ।
आज दुवै जनमुक्ति सेनाका कमाण्ड हरु बिक्रम गुरुङको श्रीमती सहितलाई वाईसीएल नेपालका केन्द्रीय सचिवालय सदस्य तथा सह-प्रवक्ता धिराज उपरकोटी मार्फत र उहाँ सहितलाई क.प्रचण्डले बोलाएर बधाई दिदै अब तपाईंहरू लाई ब्यबस्थापन पार्टीले गर्छ ।
हिजो जनयुद्धमा लागेकै कारण कोही पनी जेल जिबन बिताउनु पर्दैन कुनै पनी कमाण्डर हरू र जनयुद्धमा लागेकै कारण झुटा मुद्दा लगायर जेल जिबन बिताउनु भयको सबैलाई रिहा गरिन्छ।
तपाईंहरू पार्टी र आन्दोलनमा संगठित भएर लाग्नुस् अरू हामी गर्छौ भन्नुभयको छ। क.प्रचण्डले जनयुद्धका कमाण्डर हरुलाई भेटेर , यो सबै प्रक्रिया वाईसीएल नेपाल केन्द्रीय सह-प्रवक्ता धिराज उपरकोटीले कानुनी समन्वय र पार्टी समन्वय सुरू देखीनै गर्दै आउनु भएको थियो ।बिक्रम गुरुङ र धिरज उपरकोटी सगै तेस्रो डिभिजन शक्तिखोर काम गरेको सहयोद्धा पनी हुनुहुन्थ्यो। फाल्गुन ९