surkhet

प्रधानमन्त्री निवास बालुवाटारमा ८ दलको बैठक जारी

surkhet

काठमाडौँ – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ८ दलको बैठक बसेको छ।आज अपराह्न ४:३० बजेदेखि बैठक जारी रहेको छ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, जनमत पार्टीका अब्दुल खान, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, जसपा नेता राजेन्द्र श्रेष्ठलगायत छन्।

समसमायिक राजनीतिक र राष्ट्रपति निर्वाचन लगायत विषयमा कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ।

Dailekh

चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीले लिने विश्वासको मत र मन्त्रिपरिषद विस्तारलगायत विषयमा पनि कुराकानी हुने बताइएको छ।

Gorkha

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ८ दलको बैठक बसेको छ।आज अपराह्न ४:३० बजेदेखि बैठक जारी रहेको छ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, जनमत पार्टीका अब्दुल खान, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, जसपा नेता राजेन्द्र श्रेष्ठलगायत छन्।

समसमायिक राजनीतिक र राष्ट्रपति निर्वाचन लगायत विषयमा कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ।

चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीले लिने विश्वासको मत र मन्त्रिपरिषद विस्तारलगायत विषयमा पनि कुराकानी हुने समेत बताइएको छ।फागुन २१

salyan