प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेलाई जेल साजय हुनसक्ने

काठमान्डौ – हिजो मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा नाराबाजी गर्ने तीन जनाविरूद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान हुने भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले अभद्र व्यवहारमा अनुसन्धान गरिने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिन लागिएको बताए ।

मंगलबार नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा तीन युवाले नाराबाजी गरेका थिए।
पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का छन।

प्रहरीसँगको बयानमा उनीहरूले आफूहरू नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको बताएका छन्।उनीहरुले प्रधानमन्त्री प्रचण्डविरुद्द नाराबाजी गरेका थिए । चैत ८