सलमान खानलाई बैशाख १७ गते भित्र मार्ने धम्की यी हुन ती किलर
चैत २८
मुम्बई – बलिउड अभिनेता सलमान खानलाई मार्ने पुनः एक पटक धम्कीपूर्ण फोन आएको छ । फोन गर्ने व्यक्तिले सलमानलाई ३० अप्रिल (१७ वैशाख) मा हत्या गरिदिने धम्की दिएका छन् । सोमबार राती ९ बजे सलमान खानलाई धम्की आएको हो।
१० अप्रिलमा सलमान खानले आफ्नो आउँदो फिल्म ‘किसी का भाइ किसी की जान’ को ट्रेलर रिलिज गरे । ट्रेलर लन्च भएको रात मुम्बई प्रहरीको कन्ट्रोल रुममा सलमानको विषयमा एक धम्कीपूर्ण फोन आयो ।
फोन गर्ने व्यक्तिले आफ्नो परिचय जोधपुरको गाई रक्षक रकी भाइको रूपमा दिएका छन् । ती व्यक्तिले प्रहरीलाई फोन गरेर ३० अप्रिलमा हत्या गरिदिने बताए । मुम्बई प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको छ ।