पाँच हजार फिट माथीबाट हेलिकप्टरबाट खसेर बाचे : केपि ओली

काठमाडौ – नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले पाँच हजार फिट माथि उडेको हेलिकप्टरबाट झर्दा बाच्छु होला जस्तो समेत नलागेको बताएका छन।

उनले आफू माथि यस्ता घटना धेरै पटक घटेको बताएका छन।उनले आफ्नो समाजिक संजालमा लेखेका छन।

म पाँच हजार फिट माथि उडेको हेलिकप्टरबाट झर्दा बाच्छु होला जस्तो नै लागेको थिएन । झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतारहतार आफ्ना हातखुट्टा छामी हेरेँ । आश्चर्य लाग्यो ।

म घाइते थिएँ तर जिउँदो थिएँ । मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित भयो । सफलताको अनुभूति गरेँ ।

बाँच्नु आफैँमा एउटा सफलता हो । मृत्युका मुखमा पुगेर बाँच्नु मेरा लागि अझ ठूलो सफलताको विषय बन्न पुग्यो ।
यो मेरो २०५२ सालमा हेलिकप्टर दुर्घटनामा पर्दाको अनुभव हो ।
मैले मेरो जीवनका थुप्रै यस्ता अनुभवहरू मेरो युट्युब च्यानलमा सेयर गर्दै आइरहेको छु ।
आगामी दिनमा पनि म आफ्ना यस्तै अनुभवहरू बाँड्दै जानेछु । च्यानल Subscribe गर्नुहोस् न है। असार ३१

Youtube :