सुन तस्करी प्रकरणमा माओवादी कै नेता भएपनि छोड्दिन: गृहमन्त्री श्रेष्ठ

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा माओवादी कै नेता भएपनि नछोड्ने चेतावनी दिएका छन् ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले सुन तस्करी प्रकरणमा सरकारले गरिरहेको अनुसन्धान नरोकिने भन्दै यदि प्रमाण भेटिए पार्टीका नेता समेत कारबाहीमा पर्ने बताए।

‘निर्दोष नफसुन्, दोषी नउम्किउन् भन्ने मान्यता अनुसार सरकारले अनुसन्धान गरिरहेको छ । यस्तोमा जोसुकै होस् चाहे हाम्रै पार्टीका नेता कार्यकर्ता नै किन नहुन् दोषी पाइए कारबाही भोग्न तयार हुनुपर्छ’, श्रेष्ठले भने ।
सुन तस्करी प्रकरणमा माओवादी नेता कार्यकर्ताकै संलग्नता रहेको भनेर प्रचार भइरहेपछि मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । असार १८