सामाखुसी खोलाले बगाएको बालक एघारदिनपछि दक्षिणकालीमा फेला

साउन १८

काठमाडौं – काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको दक्षिणकालीमा शव भेटिएको छ । गत ७ गते उनी खोलामा खसेर बेपत्ता भएका थिए ।

सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगर (साजन) को शव ११ दिनपछि भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए ।

उनका अनुसार प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीमा बागमती नदीको किनारमा शव भेटेको हो । स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बालक बेपत्ता भएपछि नेपाल प्रहरी सशस्त्र स्थानीय लगायतले खोजीकार्य गरेका थिए ।