नेम्वाङका दुवै छोरा विदेशवाट आएपछि मात्र अन्तिम संस्कार गरिने

भदौ २६

Naumule

काठमान्डौ – हृदयाघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भोलिमात्रै अन्तिम सं‌स्कार गरिने भएको छ ।

उनका दुवै छोरा विदेशमा रहेका र उनीहरू आएपछि मात्रै अन्तिम संस्कार हुने परिवारले बताएका छन् ।

Gurvakot

दिवंगत नेम्वाङका भाइ सुरेश नेम्वाङका अनुसार जेठो छोरा मिङ्सो नेम्वाङ युकेबाट भोलि ४ बजे र  कान्छो छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट आज राति ११ बजे आइपुग्ने छन् ।

त्यसअघि नेम्वाङको शव श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने छ । केहीबेरमा पार्टी कार्यालयमा शव राखिने तयारी भइरहेको छ ।

नेम्वाङलाई गए राति आफ्नै निजी निवास बालुवाटारमा हृदयाघातका कारण निधन भएको हो । उनलाई त्रिभुवन शिक्षण अस्पताल पुर्याईएपनी अस्पतालले मृत घोषणा गरेको थियो ।

 

Bangad kupinde